घटना

गाई काट्ने एक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गोरखा, असार १५ गते । गोरखामा गाई काट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका –२ केरौंजा स्थायी घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्ने ३२ वर्षीय हाउडे भनिने सबिन बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिहीबार बिहान ३ बजेको समयमा आरुघाट गाउँपालिका –९ स्थित सुन्दरबस्तीका आइतसिं विकले पालेका ४ बर्से गाईलाई गोठमा बाँधिरहेको अवस्थामा फुकाएर लगी आरुघाट गाउँपालिका –९ बुढीगण्डकी नदी किनारमा खुकुरी र दाउ प्रयोग गरी हानेर मारेको जाहेरी परेको छ । आरोपी हाउडे भन्ने सबिन बिकलाई शुक्रबार आरुघाटबाट खटिई गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

बिज्ञापन

घट्नास्थलबाट गाई मार्न प्रयोग भएका हातहतियार खुकुरी र दाउ, गाईको टाउको, खुट्टा प्रहरीले बरामद गरी प्रमाणको रूपमा पेस गरेको जनाएको छ । पक्राउ परेलगत्तै हाउडे भनिने सबिन बिकलाई शुक्रबार पशुपन्क्षीसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थपी गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।