जलवायु

कैलाली–कञ्चनपुर र बर्दियामा भीषण वर्षा, २४ घन्टामा कहाँ कति पानी पर्यो ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पछिल्लो २४ घन्टामा बर्दिया, कैलाली र कञ्चनपुरमा भीषण वर्षा भएको छ। यसमध्ये पनि कैलालीको चुरे क्षेत्रमा अझ धेरै वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका  वर्षा मापन केन्द्र (स्वचालित) मा प्राप्त तथ्यांक अनुसार शनिबार साँझदेखि आइतबार साँझसम्म सबैभन्दा बढी वर्षा कैलालीको चुरे क्षेत्र सहजपुर (गर्भादरबार) क्षेत्रमा २७९.८ मिलिमिटर रेकर्ड भएको छ।

बिज्ञापन

त्यस्तै, कञ्चनपुर दोधारामा २३१, बर्दिया रानीजरुवा नर्सरीमा २२०.४, कञ्चनपुर बेलौरीमा १७७.६, डडेल्धुरा साहुखर्कमा १७६.४, कञ्चनपुर हनुमाननगरमा १७२.२, बर्दिया दौलतपुरमा १७०.२, कैलाली बलियामा १६७.४ र कञ्चनपुर सुन्दरपुर १५९.६ मिलिमिटर वर्षा मापन भएको छ । 

त्यस्तै, बाँकेका नेपालगन्जमा १४५  र खजुरामा १४४.४, कपिलवस्तु भगवानपुरमा १४४.८ र दाङमा १२२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

शुक्रबार र शनिबार दिउँसो गण्डकी, लुम्बिनी र बागमतीमा धेरै वर्षा भएको थियो । आइतबार पनि देशका धेरै ठाउँमा वर्षा भएको छ । झरी केही थामिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।