राजनीति

ओलीको शपथ समारोहमा गएनन् माधव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गएनन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण समारोहमा प्राय: सबै शीर्ष नेता देखिँदा नेपाल नदेखिएका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई पुगेका छन् ।

बिज्ञापन

एमालेबाट अलग भएपछि माधव नेपाल अहिलेसम्म ओलीको कार्यक्रममा सहभागी भएका छैनन् भने दुई नेताहरूबीचको सम्बन्धमा अझै सुधार आउन सकेको छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।