सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा नाउपा संसदीय दलको नेतामा खुसीराम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता खुसीराम चौधरी भएका छन्।

यस अघि नाउपा संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई उक्त जिम्मेवारीबाट हटाउँदै उक्त जिम्मेवारी प्रमुख सचेतक खुसीराम चौधरीलाई दिइएको छ। त्यस्तै, उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टिका थापालाई दिने निर्णय गरिएको हो।

बिज्ञापन

प्रमुख सचेतक चौधरीको अध्यक्षतामा बहुमत सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो। सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन्। दलको नेता हेरफेरको निर्णयमा चार सांसदको हस्ताक्षर रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।