घटना

मोरङको बूढीगंगामा नहरले बगाएर वृद्धको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–७ मा नुहाउने क्रममा नहरले बगाएर एक जना वृद्धको मृत्यु भएको छ । सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरले बगाएर ७० वर्षीय साजुलाल चौधरीको मृत्यु भएको हो । 

लोक कल्याणकारी विज्ञापन

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार वृद्धलाई नुहाउने क्रममा शनिबार दिउँसो ३:३० बजेतिर नहरले बगाएको थियो । खोजी गर्ने क्रममा घटनास्थलबाट सय मिटरजति तल शव फेला परेको जानकारी उनले दिए । 

लोक कल्याणकारी विज्ञापन

‘नुहाउने क्रममा वृद्धलाई नहरले बगाएछ,’ बस्नेतले भने, ‘खोजतलास गर्दा पूर्वतर्फ सय मिटरजति तल नहरको साइडमा शव फेला पर्‍यो ।’ 

बिज्ञापन

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन