आज यी स्थानमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने

काठमाडौं : आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा हुने मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहानबाट बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागको बुलेटिनमा उल्लेख छ ।

मंगलबार राती पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
भारी वर्षा हुने स्थानहरूमा रहेका मानिसहरूलाई सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
