कृषि

टीकापुरमा कृषि पढ्न आएनन् विद्यार्थी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर : प्राविधिक शिक्षा पढाउन खोलिएका कृषि शिक्षालयमा निर्धारित कोटा अनुसार विद्यार्थी भर्ना हुन आएका छैनन् । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीमार्फत डिप्लोमा तहमा कृषि विषय पढाउँदै आएको छ ।

टीकापुर बहुप्राविधिक शिक्षालयमा ४० जनाको कोटा रहेको बाली विज्ञानमा १० जना र ४८ जनाको कोटा भएको कृषि इन्जिनियरिङमा दुई जनाले मात्रै प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । कर्णाली नमुना मावि टीकापुरमा ४० जनाको कोटा रहेकोमा हालसम्म एक जनाले पनि आवेदन नभरेको प्रधानाध्यापक धर्मराज शर्माले बताए ।

बिज्ञापन

कृषिको उर्वरभूमि कैलालीमा कृषि पढ्ने विद्यार्थीको सङ्ख्या घटेको छ । सिटिइभिटीले रानीजमरा कुलरिया, सिक्टा, बबई, महाकाली सिँचाइ परियोजनाका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न कृषि इन्जिनियरिङ विषय सञ्चालनमा ल्याएको छ । आकर्षक विषय र रोजगारी सुनिश्चित जस्तै भए पनि त्यहाँ पनि दुई जनाको मात्रै आवेदन परेको छ ।

एसइईमा न्यून विद्यार्थी पास हुनु, पास हुने विद्यार्थीमध्ये धेरै जसो कक्षा १२ पासपछि विदेश जाने लक्ष्य राख्न थालेकाले प्राविधिक विषय पढ्नेको सङ्ख्या घटेको टीकापुर बहुप्राविधिक शिक्षालयका प्रशिक्षक विकास रानाको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।