टीकापुरमा चम्फादेवी रावलद्वारा आफ्नो सामाजिक सुरक्षा भत्ताबाट चौतारा निर्माण

टीकापुर, २५ साउन । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलकी आमा टीकापुर–२, सीतापुर बस्ने चम्फादेवी रावलद्वारा आफ्नो सामाजिक सुरक्षा भत्ताबाट चौतारा निर्माण गर्नु भएको छ ।

हिन्दुहरुको चाँड नाग पञ्चमीको अवसरमा टीकापुर नगरपालिका वाडा नं. १ का वाडा अध्यक्ष मोहन बि.क.ले ९७ वर्षिय समाजसेवी चम्फादेखि रावलले आफूले जम्मा गरेको सामाजिक सुरक्षा भत्ताबाट टीकापुर–१, खडक चोक, गोल पार्क स्थित निर्माण गरिएको चौताराको उद्घाटन गर्नु भएको छ ।


नेपाल सरकारद्वारा वृद्धाहरुलाई प्रत्येक महिना प्रदान गरिने सामाजिक सुरक्षा भत्ताको रकमलाई आफूले खर्च नगरेर जम्मा गरिएको रकमबाट उक्त चौतारा निर्माण गरिएको कुरा चम्फा देवी रावल बताउनु हुन्छ । ‘तराई क्षेत्रमा हुने प्रचण्ड गर्मीबाट बटुवाहरुले चौतारीमा बसेर केहि राहत पाउन सकुन भनि आफूले जम्मा गरेको भत्ताबाट यो चौताराको निर्माण गरेकी हुँ । यस चौतारामा बाटोमा हिड्ने सबै बटुवाहरुले बसेर बिश्राम गर्न सक्ने छन्’, उहाँ भन्नु हुन्छ ।

ज्ञात रहोस एक जना ९७ वर्षिय महिलाले आफूले पाउने भत्ता जम्मा गरेर सबै बटुवाहरुको लागि चौतारा निर्माण गर्नु भएको छ, यो हामी सबैलाई हौसलाको विषय हुनुको साथै समाज निर्माणमा हामी सबैको केहि न केहि योगदान हुनु पर्ने कुराको पाठ उहाँबाट सिक्न सकिन्छ ।

उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल, सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारी, समाजसेवी तथा पूर्व शिक्षक बल बहादुर रावल, मोहन रावल, राजन रेग्मी, हेमन्त रावल लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.