भर्खरै बस दुर्घटना १३ जनाको मृत्यु, पाँचजना घाइते

संखुवासभा । भर्खरै संखुवासभामा बस दुर्घटनामा परेको छ । संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस अहिले बिहान सातघुम्ती भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले दिएको जानकारीअनुसार अहिलेसम्म दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यसमध्ये ९ जना पुरुष र ४ जना महिला भएको उनले जानकारी दिए । घाइते पाँचजनालाई अस्पताल लगिएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए ।
उनका अनुसार बस सडकबाट निकै तल खसेको छ । क्षति अझै बढी हुन सक्ने उनले जानकारी दिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
