सरकारलाई दिएको समर्थन कायमै छ –जनमोर्चा

काठमाडौं । एमसिसी अनुमोदन पछि असन्तुष्टि जनाउँदै पाँचदलीय गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय लिएको छ।
देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने खतरा रहेको भन्दै जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले समर्थन कायम राख्ने निर्णय लिएको महासचिव मनोज भट्टले जारी विज्ञप्तिमा जनाएका छन् ।

वर्तमान सरकारको निर्माण ओलीले लादेको प्रतिगमनविरुद्धको संघर्षको सफलताको परिणाम हो । अहिले पनि प्रतिगमनविरुद्धको संघर्षको आवश्यकता र औचित्य कायमै छ,’ महासचिव मनोज भट्टले बुधबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
‘त्यसैले प्रतिगमनविरुद्ध बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिने हो भने त्यसबाट देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने खतरा देखिएकाले देशको राजनीतिलाई गलत दिशामा जान नदिनका लागि वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय भएको छ । त्यो नीति प्रदेश सरकारहरूको हकमा पनि कायम रहनेछ ।’
एमाले र राजावादीसँग कुनै पनि हिसाबमा चुनावी तालमेल नहुने जिकिर गर्दै जनमोर्चाले पाँचदलीय गठबन्धनमा सामेल बेग्लाबेग्लै घटकसँग चुनावी तालमेल गर्ने नीति लिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
