घटना

बस दुर्घटना : घाइतेको अवस्था बुझ्न गृहमन्त्री लेखक र भारतकी राज्यमन्त्री खडसे टिचिङमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : तनहुँमा भएको बस दुर्घटनामा घाइते यात्रुलाई गृहमन्त्री रमेश लेखक र भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा पुगेर भेटेका छन्।

शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु र १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

बिज्ञापन

घाइतेहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँको त्रिभुवन शिक्षण अस्पतालमा ल्याएर उपचार गरिएको छ। घाइतेको अवस्था बुझ्न आज गृहमन्त्री लेखक,भारतकी राज्यमन्त्री खडसे,नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलगायतका उच्च अधिकारी अस्पतालमा पुगेका हुन्। उनीहरुले उपचारमा संलग्न डाक्टरबाट बिरामीको अवस्थाबारे जानकारी लिएका छन्।

दुर्घटना हुँदा घाइते भएका यात्रुलाई भेट्न र मृतक शवहरू लिएर जान भारतको केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री खडसे आज बिहान विमानमार्फत काठमाडौं आइपुगेकी हुन्। आज बिहानैदेखि भरतपुर अस्पतालमा मृतकको शवको पोस्टमार्टम जारी रहेको छ।

मृतकको शव पठाउनेबारे छलफल भइरहेको छ : लेखक

गृहमन्त्री लेखकले उपचारमा रहेका घाइतेमध्ये एकदुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको बताए। उनले बिरामीको उपचार राम्रोसँग भइरहेको बताए।

भारतबाट आएको पर्यटकको सेना प्रहरीहरुले चाँडै उद्वार गरेर केही मानिसहरुलाई बचाउन सकिएको र केहीको मृत्यु भएको जानकारी गराए। उनले भने, ‘घाइतेको उपचार भइरहेको छ। भारतको राज्यमन्त्री आउनुभएको छ। उहाँकै निर्वाचन क्षेत्रका मानिसहरु हुनुहुन्छ।’ 
गृहमन्त्री लेखकले मृतकको शव पठाउनेबारे छलफल भइरहेको जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।