राजनीति

सरकारलाई बङ्गलादेश र श्रीलङ्का सम्झिन प्रचण्डको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिएका छन्। सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहिवारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरूको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले बङ्गलादेश र श्रीलङ्काको अवस्था आउन सक्ने भन्दै चेतावनी दिएका हुन्। ‘दुई तिहाइको घमन्ड चाहिँ नगर्नुस् है, मैले भनेको छु। तपाईँ सुध्रिनुस् भनेको छु। राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौं भनेको छु। दुई तिहाइको घमण्ड गर्नुहुन्छ भने बङ्गलादेश र श्रीलङ्का सम्झिनुस् भनेर सम्झाएको मात्रै हुँ,’ प्रचण्डले भने। दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने समेत उनले बताएका थिए।

‘उहाँहरूले संविधानमाथि घात गर्नुहुन्छ कि भन्ने आशङ्का पैदा भएको छ। संविधानमा रहेको समावेशी र समानुपातिकको व्यवस्था उहाँहरूलाई मन परेको छैन। त्यसमा दलित मुस्लिम, महिला, थारूहरूको अधिकार सुनिश्चित गरेको उहाँहरूलाई मन परेको छैन। उहाँहरू ०७२ को संविधानमा माओवादी देख्नुहुन्छ। समानुपातिक भनेपछि माओवादी, समावेशी भनेपछि माओवादी, गणतन्त्र भने पनि माओवादी देख्नुहुन्छ’ प्रचण्डले भनेका थिए।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।