घटना

सेफ्टी ट्याङ्कीमा बेहोस भएर तीन जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नवलपुर, भदौ १४ गते । नवलपुरमा सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बेहोस भएर तीन जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको शाैचालयको सेफ्टी ट्याङ्कीभित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घरधनी भोला सिंहका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, सोही ठाउँका १८ वर्षीय गणेश बोगटी र मोहम्मद राजाको मृत्यु भएको हो । 

बिज्ञापन

उहाँहरु तीनै जनाको उपचारका क्रममा रुपन्देहीका विभिन्न अस्पतालमा मृत्यु भएको पौडेलले बताउनुभयो । 

बेहोस भएका उहाँहरुलाई छिमेकी प्रकाश क्षेत्रीमार्फत जानकारी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उपचारका लागि रुपन्देहीको सहिद स्मृति सामुदायिक अस्पतार चौपत्ता लगेकोमा उपचारका क्रममा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।