घटना

‘प्रहरी निरीक्षक हुँ’ भन्दै लुटपाट गर्ने दुईजना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

 काठमाडौँ,  भदौ  १४ गते । नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–८ कालोपुल बस्ने २५ वर्षीय सुमन तामाङ भन्ने मिङमार तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

बिज्ञापन

उहाँले भन्नुभयो, “पक्राउ परेका निज तामाङले गएको साउन २२ गते काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौँ डल्लु बस्ने तीर्थ लाल तामाङलाई आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोसाकको प्रहरी निरीक्षक हुँ भन्दै सुनको एक तोलाको सिक्री र नगद रु ६७ हजार लिई फरार भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

निजले ठगी गरेको सुनको सिक्री खरिद गर्ने बाग्लुङ काटेखोला गाउँपालिका–२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–९ गोङ्गबुस्थित बाग्लुङ भगवती सुन चाँदी पसल सञ्चालन गरी बस्ने ६३ वर्षीय बलबहादुर सुनारलाई पक्राउ गरिएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रासस

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।