जलवायु

आज देशका यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : आज कोशी र गण्डकी प्रदेशका एक-दुई ठाउँमा मुसलधारे पानी पर्ने भएकोले ती स्थानमा हुने मानिसलाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

महाशाखाका अनुसार आज बिहानैबाट कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

लोक कल्याणकारी विज्ञापन

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भए पनि कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागको बुलेटिनमा उल्लेख छ।

बिज्ञापन

त्यस्तै आज राती पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा जनाइएको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा भने राती पनि मुसलधारे पानी पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन