जलवायु

आज देशका यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : आज कोशी र गण्डकी प्रदेशका एक-दुई ठाउँमा मुसलधारे पानी पर्ने भएकोले ती स्थानमा हुने मानिसलाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बिहानैबाट कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिज्ञापन

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भए पनि कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागको बुलेटिनमा उल्लेख छ।

त्यस्तै आज राती पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा जनाइएको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा भने राती पनि मुसलधारे पानी पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।