सुदूरपश्चिम प्रदेश

बझाङका स्थानीय तहद्वारा ४ महिना माछा मार्न प्रतिबन्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बझाङ । बझाङका स्थानिय तहले सेती नदी र यसका सहायक खोलाहरुमा चार महिना माछा मार्न प्रतिवन्ध लगाएका छन । माछाले फुल पार्ने तथा प्रजनन क्रिया गर्ने भदौ, असोज र फागुन तथा चैत महिनामा माछा मार्न सेती नदी क्षेत्रमा पर्ने पालिकाहरुले पुर्ण रुपमा प्रतिबन्ध लगाएका हुन ।

सेती नदी क्षेत्रमा पर्ने तलकोट, थलारा, केदारस्युँ, छविसपाथीभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिकाले यि महिनामा कुनै पनि तरिका या साधन प्रयोग गरेर माछा नमार्न सुचना जारी गरेका छन । ‘पछिल्लो समय माछा मार्नलाई करेन्ट लगाउने, जैविक तथा रासायनिक विषादी प्रयोग गर्ने, मसिना प्वाल भएका जालको प्रयोग र नदीको धार फर्काएर माछा मार्ने जस्ता विनासकारी क्रियाकलाप अत्याधिक बढेकोले माछाको संख्या चिन्ताजनक रुपमा घटिरहेको छ ।

बिज्ञापन

जयपृथ्वी नगरपालकाले जारी गरेको सुचनामा भनिएको छ, ‘जलिय जैविक विविधताको स्वास्थ्य सुचकका रुपमा रहेको माछा लगायत अन्य जलचरको संरक्षण र दिगो उपयोग गरिएन भने भविश्यमा वातावरणमा थप नकारात्मक असर पर्ने देखिएकोले उक्त अवधीमा नगरपालिका क्षेत्रका सम्र्पुण नदी तथा खोलामा माछा मार्न बन्द गरिएको छ। जयपृथ्वी नगरपालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण ऐन, २०७६ को व्यवस्था अन्र्तगत प्रतिबन्धात्मक आदेश जारी गरेको जनाउदै सुचनाको अवज्ञा गरे सोही ऐन बमोजिम कारबाही गरिने सुचनामा उल्लेख छ ।

माछाले फुल पार्ने महिनामा अत्याधिक माछा मार्ने गरिएको र फुल सहितको माछा मार्नाले माछाको पुर्नउत्पादन बर्षेनी गिरावट हुँदै जाँदा बर्षेनी माछाको संख्या घट्दै गइरहेकोले उक्त प्रतिवन्ध लगाउनु परेको छविसपाथीभेरा गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत सिद्धराज भण्डारीले बताए । ‘एक पटकमा एउटा माछाले ६० देखी ७० हजार फुल पार्ने अध्ययनले देखाएको छ । फुल सहितको माछा मार्दा नयाँ माछा जन्मिन पाउँदैन ।

त्यही भएर प्रत्येक वर्ष माछाको संख्या घट्दै गइरहेको छ । उनले भने, ‘फुल पार्ने महिनामा मात्रै मार्न बन्द गरियो भने माछाको संख्यामा बृद्धी हुने भएकोले यस्तो प्रतिबन्ध लगाएका हौ । माछाको संख्या बढ्यो भने यसले जलिय वातावरण त राम्रो हुन्छ नै, माछा मारेर खर्च चलाउनलेहरुलाई पनि फाइदा हुनेछ । उनले आज भन्दा १० बर्ष पहिला र अहिलेको तुलना पनि माछाको संख्या ८० प्रतिशत भन्दा बढी घटिसकेको बताउदै कुनै कुनै खोला र नदीमा माछा पाउनै छोडेको बताए ।

सेती नदी र यसका सहायक खोलामा पाउने माछाको तौल, संख्या तथा प्रजातिहरु प्रत्येक वर्ष घट्दै गएका कारण प्रतिबन्ध लगाउनु परेको बताउदै ऐनमा भएका प्राबधानहरु कडाईका साथ पालना गरिने केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहराले बताए । ‘पहिला प्रसस्त पाइने धेरै जातका माछा अहिले पाउनै छोडेको छ । ३०-४० किलो सम्मका माछा पाइने ठाउँमा अहिले एक किलोको पनि मुश्किलले भेटिन्छ । यस्तै अवस्था रह्यो भने केही वर्षमै माछा लोप हुने खतरा देखेर ऐन बनाएरै यो प्रतिबन्ध लगाएका हौं । अध्यक्ष बोहराले भने, ‘ऐनको व्यवस्था कार्यान्वयन गर्नका लागि सम्पुर्ण वडा कार्यालय र पालीका भरीका प्रहरी इकाईहरुलाई पनि पत्राचार गरेका छौ ।

सेतीका माछा लोप हुने खतरा
स्वादका हिसाबले देशै भर प्रख्यात सेती नदीमा रहेका माछा लोप हुने खतरा रहेको विभिन्न अध्ययनहरुले पनि पुष्टि गरेका छन । युएसएआइडी पानी परियोजनाका मस्त्यविदहरुले तीन वर्ष लगाएर गरेको अध्ययनले पनि सेती नदीमा माछाको संख्या ६० प्रतिशत घटेको देखाएको थियो । पानी परियोजनाले सन २०१८ मा प्रकाशित गरेको पश्चिम सेती जलाधारको स्वास्थ्य प्रतिवेदनमा पनि अव्यवस्थित रुपमा सडक लगायतका पुर्वाधार निर्माण, नदी क्षेत्रमा फोहोर मैलाको विर्सजन तथा विनासकारी साधनको प्रयोगले माछा मार्दा माछाको आकार, तौल र संख्या घटेको उल्लेख गरिएको छ । ‘अव्यवस्थित तरिकाले भैरहेका विकास निर्माण र मानविय गतिविधीका कारण सेतीका माछालाई खतरा उत्पन्न भैरहेको छ । प्रतिवेदनमा भनिएको छ ।

लामो समय देखी माछा मारेर जिविका चलाई रहेका व्यक्तीको अनुभवले पछिल्लो समय सेती नदी र यसका सहायक नदीहरुमा माछाको संख्या घट्दै गएको बताएका छन । केही वर्ष पहिला सम्म प्रसस्त मात्रामा पाइने माछाका धेरै प्रजातीहरु पछिल्लो समय लोप हुदै गएको लामो समय देखी माछा मार्दै आएका व्यक्तीहरुले बताएका छन।

माछा मारेर आम्दानी गरिरहेका व्यक्तीहरुले माछाको संख्यामा कमी आएका कारण आफुहरुको जिविकामा समेत समस्या भैरहेको बताएका हुन । केही बर्ष पहिला सम्म प्रस्सत मात्रामा पाइने स्वादका हिसाबले प्रख्यात असला र चिँउ माछाको संख्यामा हाल उल्लेख्य गिरावट आएको उनिहरुको भनाई छ ।

यस्तै सेती र यसका सहायक नदीमा पाइने गिठी, पाँपो, कठ्याल, धामी, झिरझिर पाँपो, बाघे, सट्टो (शहर) राडी, च्याउँटे, थाले, चिम्टी लगायतका माछाहरु पनि केही बर्ष यता हराउन थालेको एकजना मछुवार बालु गिरीले बताए । ‘कुनै कुनै माछा त पाउनै छाडिसकेका छन । ८-१० बर्ष पहिला हेर्ने हो भने अहिले पाइरहेका माछाको संख्या पनि निकै घटिसकेको छ । उनले केही बर्ष पहिला १-२ घण्टा मै ५-७ किलो माछा मार्न सकिने ठाँउमा अहिले दिन भर लगाएर १ किलो पनि मार्न नसकिने बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।