सुदूरपश्चिम प्रदेश

बैतडीमा टेलिकमको टावरमा तोडफोड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी : बैतडीमा टेलिकमको टावरमा तोडफोड गरिएको छ। अज्ञात समूहले सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको हो। स्थानीय गाजरी बजारबाट ३ घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको छ।

टावरमा राखिएको कृषि विकास बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको छ। भदौ १५ गतेबाट बैङ्कमा इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड गरिएको अवस्थामा भेटिएको थियो।

बिज्ञापन

टावर क्षति भएको बारेमा जानकारी भएकाले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर खेमविक्रम केसीले बताए प्रहरी टोली पुगेपछि घटनाबारे थप अनुसन्धान थालिने केसीले बताए।

स्थानीय क्षेत्रमा इन्टरनेट नचलेपछि गाँजरीमा रहेको कृषि विकास बैङ्कले सेवा उपलब्ध गराउन असर्मथ रहेको सूचना समेत जारी गरेको छ। घटना व्यक्ति अथवा समूह कसले गराएको हो भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ।
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।