घटना

हात बाँधिएको र अचेत भएको अवस्थामा महिला फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिन्धुली । शनिबार राती अचेत अवस्थामा हात बाँधिएको अवस्थामा एक महिला दुधौलीको सडकमा फेला परेकी छिन । महिलाको हात उनैले लगाएको विन ज्याकेटले बाँधेको र सडकमा लगिरहेको अवस्थामा दुधौली नगरपालिका वडा नं. ८ खोरभञ्ज्याङमा फेला परेकी हुन ।

लोक कल्याणकारी विज्ञापन

भेटिएकी महिला सिरहाको जिरो माईल घर भएकी ३५ वर्षिय सुनिता यादव मदनभण्डारी राजमार्गबाट उत्तरतर्फ १० किलोमिटर भित्री सडकमा उनी लडिरहेको अवस्थामा फेला परेकी हुन । करीब साढे दश बजे राती महिला हात बाँधेर लडीरहेको भनि प्रहरीले खबर पाएपछि प्रहरीले सुनिताको उद्धार गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन

अचेत अवस्थामा फेला परेकी ती महिलाको उद्धारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो भने डकाहाबाट पनि प्रहरी टोली घटनास्थल पुगेको थियो । यादवको राती नै उद्धार गरि दुधौली नगर अस्पतालमा उपचार भईरहेको छ । महिलाको उपचारपछि होस आईसकेको भए पनि घटना कसरी भयो भन्ने ’boutमा उनले केहि खुलाएकी छैनन् । घटनाको अनुसन्धान भईरहेको एसपी काफ्लेले बताए ।

बिज्ञापन

उनको होस आएपछि उनको माइती परिवारलाई खबर गरिएको र परिवारका सदस्य आईपुगेको एसपी काफ्लेले बताए । उनीमा शारीरिक चोट नदेखिएको काफ्लेले बताएका छन । परिवारिक श्रोतका अनुसार उनी काठमान्डौको किर्तिपुरमा एक छोरा सहित बस्दै आएकी र करीब ३ सातादेखि कोठाबाट हराईरहेकी थिईन । घटनाका ’boutमा सुनिताले केहि बोलेकी छैनन । उनको उपचार भइरहेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन