घटना

स्रोत नखुलेको २५ लाख  नगदसहित एक जना भारतीय नागरिक कञ्चनपुरबाट पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर।  स्रोत नखुलेको २५ लाख  नगदसहित एक जना भारतीय नागरिक कञ्चनपुरबाट  पक्राउ परेका छन् । भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट भारत उत्तराखण्डको चम्पावत जिल्लास्थित टनकपुरका स्थानीय अभिशेक गुप्ता १२ लाख ७४ हजार २२० भारु र ५ लाख १३ हजार नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीको ब्रम्हदेवस्थित बिओपीले मंगलबार साँझ उक्त रकम बरामद गरेको हो । सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका एसपी खगेन्द्रबहादुर चन्दले सो रकमको स्रोत खुलाउन नसकेपछि बरामद गरेर राजश्व अनुसन्धान विभागमा पठाइएको बताए । बरामद गरिएको रकम, भारतीय नम्बरको स्कुटर र भारतीय नागरिकलाई कोहलपुरमा रहेको राजश्व अनुसन्धान विभाग पठाइएको उनले बताए ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।