घटना

कैलालीबाट अछाम जाँदै गरेको  गाडी दुर्घटना हुदा १३ जना  सवार घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीबाट अछाम जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको छ। कैलालीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ख३०४६ नम्बरको फोर्स गाडी अचानक भित्तामा ठोकिँदा करिब २६ जना सवार उक्त गाडीमा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए

गलबार साँझ कर्णाली राजमार्गमा भएको दुर्घटनामा ८ जना घाईतेलाई सुर्खेत रेफर गरिएको र ५ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको उनले बताए। घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। दैलेख आठबिस नगरपालिका–४ का २५ वर्षीय रिदम शाही, अछामको ढकारी गाउँपालिका–१२ बस्ने ५० वर्षीया पार्वती शाही र सोही नगरपालिका–८ की ४ वर्षीया नेहा खड्काको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

बिज्ञापन


डिएसपी भण्डारीका अनुसार थप अनुसन्धानको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको टोली खटिएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।