दशैँघरमा बाजागाजासहित भित्र्याइयो फूलपाती
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । गोरखा दरबारबाट पठाइएको फूलपाती वसन्तपुरस्थित दशैँघरमा बाजागाजासहित भित्र्याइएको छ ।
लोक कल्याणकारी विज्ञापन

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।
लोक कल्याणकारी विज्ञापन

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।
बिज्ञापन

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

