आस्था /आध्यात्म

टीकापुर सत्संग भवन निर्माणका लागि सबैलाई एकजुट भएर सेवा गर्न अध्यक्ष रावलको आह्वान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ७ मंसिर । सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलले टीकापुरमा सत्संग भवन निर्माणका लागि सबै सन्त, भक्त तथा सेवादारलाई एकजुट भएर सेवा गर्न आह्वान गरेका छन् । सद्गुरु माता सुदीक्षा जी महाराजको कृपा र आशीर्वादबाट भवन निर्माणको शिलान्यास भएको उल्लेख गर्दै उनले यसलाई भक्तजनका लागि महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।

लोक कल्याणकारी विज्ञापन

टीकापुरमा आयोजित विशाल सत्संग कार्यक्रममा बोल्दै अध्यक्ष रावलले नेपालका विभिन्न स्थानमा सत्संग भवन निर्माण भइसकेको र सुर्खेतमा पनि भवन निर्माणको तयारी भइरहेको जानकारी दिए । अब टीकापुरमा पनि सुविधासम्पन्न सत्संग भवन निर्माण गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

उनले भवन निर्माणका लागि देशभरका सन्त भक्तलाई सहयोग र सेवामा सहभागी हुन आग्रह गर्दै भने, ‘टीकापुरमा सुन्दर भवन निर्माण गर्न नेपालका सबै महात्मा मिलेर सेवा गरौँ । सबैको सहयोग र सद्गुरुको कृपाबाट यो कार्य सम्पन्न हुनेछ ।’

लोक कल्याणकारी विज्ञापन
AD

रावलले टीकापुरमा सत्संग भवन निर्माणको विषय लामो समयदेखिको प्रतीक्षा र प्रयास रहेको उल्लेख गरे । सन् १९८७ देखि भवन निर्माणको सोच अघि बढेको र विभिन्न चरणमा सद्गुरुसमक्ष अनुरोध हुँदै आएको उनले बताए । भवन निर्माणका लागि अनुमति प्राप्त भएपछि शिलान्यासको अवसर जुटेको भन्दै उनले यसलाई सद्गुरुको विशेष कृपा भएको बताए ।

उनका अनुसार भवन निर्माणका लागि मुम्बईलगायत विभिन्न स्थानका भक्तजनले समेत चासो व्यक्त गर्दै सेवा गर्ने इच्छा देखाएका छन् । टीकापुरमा सत्संग भवन निर्माणको विषयमा देश तथा विदेशमा रहेका भक्तजनले बारम्बार जिज्ञासा राख्दै आएको उल्लेख गर्दै उनले सबैको सामूहिक प्रयासबाट निर्माण कार्य अघि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष रावलले सत्संग भवन केवल भौतिक संरचना मात्र नभई आध्यात्मिक जागृति, प्रेम, नम्रता, सद्भाव, सहनशीलता र मानव कल्याणको सन्देश प्रवाह गर्ने केन्द्र बन्नुपर्ने बताए । उनले सद्गुरुको कृपाबाट परमात्माको ज्ञान प्राप्त हुने र मानिसको जीवनमा सुख, शान्ति तथा सकारात्मक परिवर्तन आउने धारणा राखे ।

कार्यक्रममा नेपालका विभिन्न स्थानमा सत्संग तथा आध्यात्मिक प्रचारका लागि भ्रमणमा रहनुभएका महात्मा बिनोद वोहरा जीको सेवाप्रति आभार व्यक्त गर्दै रावलले उहाँहरूको यात्रा मंगलमय होस् र आगामी दिनमा पनि भक्तजनले सत्संग तथा आध्यात्मिक मार्गदर्शन प्राप्त गरिरहून् भन्ने कामना गरे ।

उनले नेपालका विभिन्न शहर हुँदै टीकापुर आइपुगेका महात्माहरूले आध्यात्मिक जागृति र मानव कल्याणको सन्देश प्रवाह गरिरहेको उल्लेख गर्दै आगामी कार्यक्रमहरू बौनिया, धनगढी, पुनर्वास हुँदै ११ गते महेन्द्रनगरमा सम्पन्न हुने जानकारी दिए ।

बिज्ञापन