राष्ट्रिय समाचार

दोस्रो विदेश भ्रमणमा बालेन्द्र : न बिदाइमा लावालस्कर, न लिए सेनाको ‘गार्ड अफ अनर’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पूर्वप्रधानमन्त्रीहरूले गर्दै आएका अधिकांश परम्परा र अभ्यास तोड्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली गएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका छन् । गुरुङ, श्रेष्ठ र खरेल बाहेक शाहको बिदाइमा विगतमा जस्तो कुनै तामझाम र लावालस्कर देखिएन । भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरी प्रधानमन्त्री शाह सोमबार साँझ निगमको नियमित उडानमार्फत नै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य सहभागी छन् । यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन जना प्रतिनिधिसहित कुल ३५ जना सदस्य सहभागी छन् ।

प्रधानमन्त्री बालेनको यो दोस्रो औपचारिक विदेश भ्रमण हो । यसअघि प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए ।

बिज्ञापन