टीकापुर–२ का वडा सदस्य ठकुल्लाको निधन, भोलि अन्तिम संस्कार गरिने
लोक कल्याणकारी विज्ञापन

टीकापुर, ६ मंसिर । टीकापुर नगरपालिका वडा नं. २ का वडा सदस्य खम्मबहादुर ठकुल्लाको निधन भएको छ । किड्नीसम्बन्धी समस्याबाट पीडित ठकुल्लाको काठमाडौंस्थित वीर अस्पतालमा डायलासिस गर्ने क्रममा निधन भएको हो ।
लोक कल्याणकारी विज्ञापन

अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ३ बेलपाटामा २०२२ पुस १५ गते जन्मिएका ठकुल्लाको ६२ वर्षको उमेरमा निधन भएको हो ।
नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित ठकुल्ला दौडका खेलाडीसमेत थिए । उनले लामो समय टीकापुरमा रेडिमेड कपडाको व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
लोक कल्याणकारी विज्ञापन
पारिवारिक स्रोतका अनुसार ठकुल्लाका तीन छोरा र पाँच छोरी छन् । उनको अन्तिम संस्कार मंसिर ७ गते कर्णाली नदीको सनकट्टी घाटमा गरिने जनाइएको छ ।
बिज्ञापन

