टीकापुर

नारायणपुर गणेश उत्सव समितिद्वारा आयव्यय सार्वजनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नारायणपुर, ३० कार्तिक । कैलालीको टीकापुरस्थित नारायणपुर चौराह गणेश उत्सव समितिले यस वर्ष सञ्चालन गरेको गणपति उत्सव कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

समितिले २०८३ भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सञ्चालन गरेको गणपति उत्सवको आयव्यय विवरण सार्वजनिक गर्दै समीक्षा कार्यक्रमसमेत आयोजना गरेको हो ।

कार्यक्रममा उत्सव सञ्चालनका क्रममा प्राप्त सहयोग तथा भएको खर्चको विवरण प्रस्तुत गर्नुका साथै कार्यक्रमको समीक्षा गरिएको समितिले जनाएको छ । उत्सव सफल बनाउन आर्थिक, भौतिक तथा विभिन्न किसिमले सहयोग गर्ने दाताहरूलाई समितिले धन्यवाद व्यक्त गरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

समितिले आगामी दिनमा पनि धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिन सहयोगी दाताहरूको साथ र सहयोग रहने अपेक्षा गरेको छ ।

नारायणपुर गणेश उत्सव समिति परिवारले आगामी दिनमा समेत यस्तै सहयोग र सद्भाव कायम रहने विश्वास व्यक्त गर्दै सम्पूर्ण सहयोगी, दाताहरू तथा शुभेच्छुकप्रति आभार प्रकट गरेको छ ।

बिज्ञापन