टीकापुर

टीकापुर–४ मौरनियाँमा आज दशैं मिलन तथा सांस्कृतिक कार्यक्रम हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २१ कार्तिक । कैलालीको टीकापुर नगरपालिका–४ मौरनियाँमा आज दशैं मिलन तथा सांस्कृतिक कार्यक्रम हुँदैछ । वडा कार्यालयको आयोजनामा बरघरको घर प्राङ्गणमा बिहान ११ बजेदेखि कार्यक्रम हुन लागेको हो ।

टीकापुर नगरपालिका–४ वडा कार्यालयको चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रमअनुसार कार्यक्रम आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

वडा अध्यक्ष लालविर चौधरीले दशैंको अवसरमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन् । उनले कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन जनप्रतिनिधि, पत्रकार तथा स्थानीयवासीलाई आग्रह गरेका छन् ।

बिज्ञापन

वडा कार्यालयले कात्तिक १८ गते सूचना जारी गर्दै कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन