आस्था /आध्यात्म

तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २१ कार्तिक । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक सुरु हुन्छ । तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । तिहार पर्व कार्तिक कृष्णत्रयोदशी देखि सुरु भई कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ ।

बिहान सूर्योदय कालमा त्रयोदशी भएकोले शास्त्रसम्मत रूपमा आज शनिबार काग तिहार पर्व मनाइन्छ । कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै पनि रहेको छ ।

लोक कल्याणकारी विज्ञापन

वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काकेन दधि भक्षितम् अर्थात कागलाई दही भात मीठो लाग्ने हुनाले दही भात खुवाएमा एमराज समक्ष राम्रो सन्देश लगिदिने जनविस्वास रहेको । आज कागलाई नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको ।

बिज्ञापन

हामीले दिएको खानेकुरा खाएर प्रसन्न होऊ यमदण्डरुपी संकटबाट मुक्ति दिलाऊ भनेर प्रार्थना गर्नुपर्दछ । कागको पूजा गर्दा धार्मिक पक्ष मात्र हैन, जनवार र मानिसबिचको सम्बन्धलाई सम्झाउने, पक्षीप्रति कृतज्ञता र प्रकृतिप्रति सम्मान र सहअस्तित्वको पनि रक्षा हुन्छ ।

धर्मशास्त्र अनुसार यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने र लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ ।

विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ । सो समयमा बलि राजाको पूजा गरेमा विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा पनि गरिन्छ ।

आजको दिन कागेश्वरी मनोहरा महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरि हनुमानढोकस्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन