आस्था /आध्यात्म

यस वर्षको भाइटीका कात्तिक २५ गते, बिहान ११ बजेर ७ मिनेटमा शुभसाइत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, १८ कात्तिक । यस वर्षको तिहारअन्तर्गत भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको निर्णयअनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

लोक कल्याणकारी विज्ञापन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बुधबार विज्ञप्ति जारी गर्दै २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गत पर्ने विभिन्न चाडपर्वका मिति र साइत सार्वजनिक गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

समितिका अनुसार भाइटीकाका दिन टीका लगाउँदा दाजुभाइले पश्चिमतर्फ फर्कनुपर्ने र दिदीबहिनीले पूर्वतर्फ फर्केर टीका लगाइदिनुपर्ने छ । समितिले बिहान ११ बजेर ७ मिनेटको समयलाई भाइटीकाको शुभसाइत निर्धारण गरेको छ ।

बिज्ञापन

यस वर्ष तिहारको पहिलो दिन कात्तिक २० गते शुक्रबार धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान परेको छ । दोस्रो दिन कात्तिक २१ गते शनिबार काग तिहार (काकबलि) तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।

त्यसैगरी, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ । उक्त दिन कुकुरको पूजा गर्नुका साथै साँझ घरघरमा दीप प्रज्वलन गरी धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिनेछ । यस दिनलाई दीपमालिका तथा सुखरात्रिका रूपमा समेत मनाइन्छ ।

तिहारको चौथो दिन कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ । पाँचौँ दिन कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा नेवार समुदायको म्हपूजा परेको समितिले जनाएको छ । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ ।

यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिने, माला पहिर्‍याउने तथा दीर्घायु र सुखसमृद्धिको कामना गर्ने परम्परा छ ।

तिहारलाई नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा पारिवारिक सद्भावको पर्वका रूपमा लिइन्छ । पाँच दिनसम्म मनाइने यस पर्वमा काग, कुकुर, गाई र गोरुको पूजा गर्नुका साथै धनकी देवी लक्ष्मीको आराधना, गोवर्धन पूजा र दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई प्रगाढ बनाउने भाइटीका मनाउने गरिन्छ ।

समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा यस वर्षका पर्वहरूको मिति र भाइटीकाको शुभसाइतबारे जानकारी दिइएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन