प्रवास

भाइटीका मनाउन मुम्बई आउँदै गरेका २० वर्षीय पारस चार दिनदेखि बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई , १६ कात्तिक । भाइटीका मनाउन भारतको मुम्बई आउने क्रममा कैलालीका २० वर्षीय पारस बिक चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

धनगढी उपमहानगरपालिका–१२, सिगाउँ डाँडाका पारस भारतको मथुरा पुगेपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । उनकी दिदी पशुपति बिकका अनुसार मथुरामा पारस लुटपाटमा परेको हुन सक्ने आशंका गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन

भाइटीका मनाउन मुम्बई आउँदै गरेका भाइ चार दिनदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ । पारसको अवस्था र हालको स्थानबारे कुनै जानकारी प्राप्त नभएपछि परिवारले उनको खोजीमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ ।

बिज्ञापन

पारसलाई कतै देखेमा वा उनको अवस्थाबारे जानकारी पाएमा निम्न नम्बरमा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

सम्पर्क नम्बर :

  • अमर केसी (पश्चिम मुम्बई नगर समिति उपाध्यक्ष) : ९९६७०५५२८६
  • विक्रम विश्वकर्मा : ८१०४२७३६७८
  • पशुपति विश्वकर्मा (दिदी) : ९०८२६३७३७८
  • शिवी बिसी : ९५९४५७१३८३

परिवारले पारसको खोजीमा सहयोग गरी सकुशल घरपरिवारको सम्पर्कमा ल्याइदिन सबैमा आग्रह गरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन