घटना

मुम्बईमा मृत भेटिएका बाजुराका मनिषको शव पहिचान, आज अन्त्येष्टि गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, २६ असोज । भारतको महाराष्ट्रस्थित मुम्बईको बान्द्रामा मृत अवस्थामा फेला परेका बाजुराका मनिष गिरीको शव पहिचान भएको छ। उनका बुवा देवराज गिरीले मुम्बई पुगेर शवको पहिचान गरेका हुन्। मनिषको अन्त्येष्टि आज गरिने तयारी छ।

लोक कल्याणकारी विज्ञापन

गत सेप्टेम्बर ११ मा बान्द्रा क्षेत्रमा सडकमा करिब १८ वर्षीय युवक मृत अवस्थामा फेला परेका थिए। पछि ती युवक बाजुरा निवासी मनिष गिरी भएको खुलेको हो। उनको मृत्यु भएको खबर परिवारले पाएको थिएन। प्रहरीले परिवारको खोजी गरे पनि पत्ता लगाउन सकेको थिएन।

लोक कल्याणकारी विज्ञापन

यसैबीच, भुल एकता समाज भारतका केन्द्रीय अध्यक्ष पदम भुलमार्फत घटनाबारे जानकारी पाएपछि सामाजिक सञ्जालबाट परिवारको खोजीका लागि सार्वजनिक अपिल गरिएको थियो। उक्त अपिलपछि परिवार सम्पर्कमा आएको हो।

बिज्ञापन

आइतबार मनिषका बुवा देवराज मुम्बई पुगेपछि बान्द्रास्थित निर्मल नगर प्रहरीले उनको बयान लिएको थियो। त्यसपछि प्रहरी र सहयोगीहरू मुम्बईस्थित साइन अस्पताल पुगेर शव पहिचानको प्रक्रिया पूरा गरेका थिए।

शव पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहयोग गरिएको घटनाबारे जानकारी दिने व्यक्तिले बताएका छन्। यस प्रक्रियामा भुल एकता समाज भारतका केन्द्रीय सदस्य चक्र भुल र मन्नाजे भुलले पनि सहयोग गरेका थिए।

मनिषको मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन। घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

शव पहिचान र परिवारको खोजीमा सहयोग गर्ने निर्मल नगर प्रहरी, भुल एकता समाज भारतका अध्यक्ष पदम भुल तथा अन्य सहयोगीप्रति आभार व्यक्त गरिएको छ। मनिषको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन