घटना

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको २ किलोभन्दा बढी सुनजस्तो पदार्थसहित दुई चिनियाँ महिला पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, ९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनजस्तो पहेँलो पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

लोक कल्याणकारी विज्ञापन

विमानस्थलमा गरिएको जाँचका क्रममा उनीहरूले उक्त पदार्थ मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको खुलेको हो । सुरक्षाकर्मीले शंकाका आधारमा जाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरेको बताइएको छ ।

बरामद पदार्थ सुन भए–नभएको यकिन गर्न परीक्षण तथा थप अनुसन्धान गरिनेछ । पक्राउ परेका दुवै महिलालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

घटनाबारे थप विवरण आउन बाँकी छ ।

बिज्ञापन