चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

बर्दिया, ९ मंसिर । बर्दियाको राजापुर नगरपालिका–१० मझरामा चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु भएको छ । आइतबार साँझ घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरी लगेकी कमलासिंह ठकुरीको शव घरबाट करिब ३०० मिटर टाढा फेला परेको हो ।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार बालिकालाई चितुवाले आक्रमण गरी लगेपछि खोजी गर्ने क्रममा घरनजिकैको सिमलको झ्याङमा शव फेला परेको थियो ।
चालु आर्थिक वर्षमा राजापुर क्षेत्रमा चितुवाको आक्रमणबाट बालिकाको ज्यान गएको यो दोस्रो घटना हो । लगातार चितुवाको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ ।
लोक कल्याणकारी विज्ञापन
वन्यजन्तुको आक्रमणबाट हुने जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले सतर्कता र सुरक्षा उपाय अपनाउनुपर्ने देखिएको छ ।
बिज्ञापन

