घटना

आज बिहानै मोटरसाइकल दुर्घटनामा २३ वर्षीय युवकको मृ,त्यु, चालक घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गोदावरी, १० मंसिर । । कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृ,त्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

बिहीबार बिहान करिब साढे २ बजे गोदावरी नगरपालिका–४ शान्तिटोलमा सुदूरपश्चिम प्रदेश ०१–१५ प १०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा गोदावरी नगरपालिका–४ निवासी २३ वर्षीय सागर साउँदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले जानकारी दिए ।

लोक कल्याणकारी विज्ञापन
AD

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय किशोर साउँद घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । दुर्घटनामा परेको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोत : प्रेस पत्र

बिज्ञापन