रसुवाका बाढीपीडित चार परिवारलाई जानकी गाउँपालिकाद्वारा राहत
लोक कल्याणकारी विज्ञापन

टीकापुर, २६ असोज । कैलालीको जानकी गाउँपालिकाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित चार परिवारलाई राहत सामग्री प्रदान गरेको छ।
लोक कल्याणकारी विज्ञापन

नेपाल रेडक्रस सोसाइटी कैलाली र जानकी गाउँपालिकाको सहयोगमा पालिकाभित्र रहेका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।
लोक कल्याणकारी विज्ञापन

राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश चौधरी, उपाध्यक्ष लालमती कठरिया, वडा नम्बर ४ का अध्यक्ष दीपेन्द्रकुमार कठरिया र कार्यपालिका सदस्य लक्ष्मी चौधरीको उपस्थिति थियो।
बिज्ञापन

बाढीबाट प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराई विपद्का बेला उनीहरूलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको गाउँपालिकाले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

