मनोरञ्न

एम्पल विश्वकर्मा ‘लिटिल मास्टर्स’को सेकेन्ड रनरअप, परिवारमा खुसी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २६ असोज । टीकापुरकी धना ओडका छोरा एम्पल विश्वकर्मा ‘लिटिल मास्टर्स’ प्रतियोगितामा सेकेन्ड रनरअपको उपाधि जित्न सफल भएका छन्। आफ्नो प्रतिभा प्रदर्शन गर्दै प्रतियोगितामा सफलता हासिल गरेपछि परिवारले खुसी व्यक्त गरेको छ।

लोक कल्याणकारी विज्ञापन

एम्पलको सफलताप्रति खुसी व्यक्त गर्दै परिवारले उनलाई साथ, सहयोग, माया र हौसला प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ। सार्वजनिक समर्थन र शुभेच्छाले एम्पललाई प्रतियोगितामा अघि बढ्न तथा आफ्नो प्रतिभा प्रस्तुत गर्न थप प्रेरणा मिलेको परिवारको भनाइ छ।

लोक कल्याणकारी विज्ञापन

एम्पललाई यो स्थानसम्म पुग्न सहयोग गर्ने सबैको योगदान आफूहरूले सधैँ सम्झिरहने परिवारले जनाएको छ। प्रतियोगितामा प्राप्त उपलब्धिले एम्पलको प्रतिभा र आगामी यात्रालाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

परिवारले एम्पललाई माया, साथ र सहयोग गर्ने सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै माया र हौसला पाइरहने विश्वास व्यक्त गरेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन