घटना

दाउन्नेमा धनगढी जाँदै गरेको बस दुर्घटना, पाँच जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नवलपरासी, २६ असोज । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

लोक कल्याणकारी विज्ञापन

सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस बिहान साढे ७ बजे बर्दघाटको दाउन्ने क्षेत्रमा अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्करसिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओड, दार्चुलाको मार्मा गाउँपालिका–३ का ३० वर्षीय भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का र मार्मा गाउँपालिका–३ का ४८ वर्षीय धनञ्जय जोशी छन्।

धामीको बायाँ गाला र नाकमा, अवस्थीको दायाँ कुहिनामा तथा खड्काको दायाँ घुँडामा सामान्य चोट लागेको छ। जोशीले ढाड दुखेको बताएका छन् भने उनको बाहिरी चोट देखिएको छैन। मौसमी ओडको टाउकोमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अन्य चार जनाको अवस्था सामान्य रहेको छ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन