खेलकुद

भजनीमा ‘भजनी प्राइड लिग’ क्रिकेट प्रतियोगिता सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भजनी, १८ कार्तिक । कैलालीको भजनीमा क्रिकेट खेलको विकास र स्थानीय खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यसहित ‘भजनी प्राइड लिग’ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

भजनी स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य केपी खनालले विधिवत् उद्घाटन गर्नुभएको हो । प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलप्रति युवाको आकर्षण बढाउनुका साथै नयाँ खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन

पछिल्लो समय भजनी क्षेत्रमा क्रिकेटप्रति युवाको रुचि बढ्दै गएको छ । यस्तो अवस्थामा प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान, खेलाडीबीच प्रतिस्पर्धात्मक भावना विकास र खेल संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।

बिज्ञापन

स्थानीय खेलाडीलाई खेलमार्फत अघि बढाउने, युवालाई खेलकुदमा सक्रिय बनाउने तथा भजनीलाई क्रिकेटको पहिचान दिलाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटनसँगै स्थानीय खेलप्रेमी तथा युवामा उत्साह थपिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन