खेलकुद

सुदूरपश्चिम रोयल्स एनपीएल–३ को च्याम्पियन, मुन्सेको शतकमा १० विकेटको ऐतिहासिक जित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फाइनलमा लुम्बिनी लायन्समाथि सुदूरपश्चिमको एकतर्फी दबदबा

लोक कल्याणकारी विज्ञापन

काठमाडौ, ५ मंसिर । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि उचालेको हो ।

लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै ४९ बलमै शतक पूरा गरे । उनले ८ चौका र ८ छक्का प्रहार गर्दै अविजित शतकीय पारी खेले । उनलाई विनोद भण्डारीले उत्कृष्ट साथ दिँदै टोलीलाई सहज जित दिलाए ।

लोक कल्याणकारी विज्ञापन
AD

यसअघि टसपछि ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । तर, सुदूरपश्चिमका आक्रामक ब्याटरले लक्ष्यलाई सहजै पूरा गर्दै फाइनललाई एकतर्फी बनाए ।

४९ बलमै जर्ज मुन्सेको शतक

सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्से फाइनलमा शतक प्रहार गर्ने क्रममा उत्कृष्ट लयमा देखिए । उनले इनिङ्सको १३औँ ओभरको दोस्रो बलमा किशोर महतोको बललाई थर्ड म्यानतर्फ चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरेका थिए ।

४९ बलमा शतक पूरा गर्ने क्रममा मुन्सेले ८ चौका र ८ छक्का प्रहार गरे । उनको आक्रामक ब्याटिङले फाइनल खेललाई सुदूरपश्चिमको पक्षमा मोड्दै टोलीलाई च्याम्पियन बनायो ।

सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको सुदूरपश्चिमले लक्ष्य पछ्याउने क्रममा कुनै विकेट गुमाएन । मुन्से र विनोद भण्डारीको अविजित साझेदारीले सुदूरपश्चिमलाई शानदार जित दिलाउँदै एनपीएलको तेस्रो संस्करणको उपाधि दिलाएको छ ।

यससँगै सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि आफ्नो नाममा लेखाउँदै समर्थकलाई ऐतिहासिक खुसी दिएको छ ।

बिज्ञापन