मुक्त कमैया, कमलहरी र हलियालाई परिचयपत्र वितरण
लोक कल्याणकारी विज्ञापन

भजनी, ४ मंसिर । भजनी नगरपालिका वडा नम्बर ७ मा छुटेका ९१ जना मुक्त कमैया, कमलहरी तथा हलियालाई परिचयपत्र वितरण गरिएको छ ।
लोक कल्याणकारी विज्ञापन

वडा अध्यक्ष अमरबहादुर कठरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी प्रमुख अतिथि तथा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा छुटेका मुक्त कमैया, कमलहरी तथा हलियालाई परिचयपत्र वितरण गर्दै उनीहरूको पहिचान, अधिकार सुनिश्चितता तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधामा पहुँच स्थापित गर्न परिचयपत्र महत्त्वपूर्ण रहेको बताइएको थियो ।
लोक कल्याणकारी विज्ञापन
परिचयपत्र वितरण कार्यक्रमले लामो समयदेखि पहिचान र सरकारी अभिलेखमा छुटेका समुदायलाई समेट्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बिज्ञापन

