खेलकुद

खेलकुद गतिविधिका लागि कालिका युवा क्लब नारायणपुरलाई २२ हजार रुपैयाँ सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नारायणपुर । टीकापुर नगरपालिका–६, नारायणपुरस्थित कालिका युवा क्लबको खेलकुद गतिविधि सञ्चालनका लागि विभिन्न व्यक्ति तथा निर्माण व्यवसायीबाट आर्थिक सहयोग प्राप्त भएको छ।

क्लबलाई मनाकोटी कन्स्ट्रक्सन प्रा.लि. जनकी–९ का बल रावलले ८ हजार रुपैयाँ, मल्ल निर्माण सेवा जनकी–९ का कमल विष्टले ४ हजार रुपैयाँ, टोया कन्स्ट्रक्सन प्रा.लि.का चिरन ठकुल्लाले ५ हजार रुपैयाँ तथा पार्वती निर्माण सेवा, लम्कीचुहा–२ गणेशपुरका कृष्ण शाहीले ५ हजार रुपैयाँ सहयोग गरेका छन्।

प्राप्त सहयोगमध्ये करिब २० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री खरिद गरिएको र २ हजार रुपैयाँ क्लबको बैंक खातामा जम्मा गरिएको क्लबले जनाएको छ।

क्लबका सामाजिक, युवा तथा खेलकुद गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोगले महत्वपूर्ण योगदान पुगेको क्लब परिवारले जनाएको छ। सहयोग रकम जुटाउन तथा हस्तान्तरणमा मुख्य भूमिका निर्वाह गर्ने गोरख रावललाई पनि क्लबले विशेष धन्यवाद व्यक्त गरेको छ।

क्लबले सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि खेलकुद तथा सामाजिक गतिविधिका लागि निरन्तर साथ, सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।