खेलकुद

टीकापुर गोल्डकपको घोषणा, सुस्ताएको खेल मैदानमा फेरि रौनक फर्किने आशा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ६ साउन । टीकापुर उद्योग वाणिज्य सङ्घले आगामी असोजमा ‘टीकापुर गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना गर्ने घोषणा गरेको छ। सरकारी निकायबीच खेल मैदानको व्यवस्थापन र जिम्मेवारीबारे अन्योल कायम रहेका बेला निजी क्षेत्रको यो पहललाई खेलकुद क्षेत्रमा सकारात्मक कदमका रूपमा हेरिएको छ।

लोक कल्याणकारी विज्ञापन

प्रतियोगितामार्फत लामो समयदेखि पूर्ण रूपमा प्रयोग हुन नसकेको खेल मैदानमा पुनः चहलपहल बढ्ने अपेक्षा गरिएको छ। उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खड्काले खेलकुदमार्फत टीकापुरको पहिचान जोगाउन र सहरलाई चलायमान बनाउन सङ्घ आफैं अग्रसर भएको बताए।

लोक कल्याणकारी विज्ञापन

यद्यपि, गोल्डकपले खेलकुदप्रति आकर्षण बढाउने अपेक्षा गरिए पनि १० करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको स्पोर्ट्स एकेडेमीको दीर्घकालीन भविष्य भने अझै चुनौतीपूर्ण देखिएको छ।

बिज्ञापन

स्थानीय खेलाडी उत्पादन, प्रशिक्षक व्यवस्थापन, नियमित प्रतियोगिता, पूर्वाधारको मर्मतसम्भार र दिगो आर्थिक स्रोतको व्यवस्था बिना खेलकुद पूर्वाधार प्रभावकारी रूपमा सञ्चालन हुन कठिन हुने सरोकारवालाको भनाइ छ।

खेलकुद पूर्वाधारलाई दीर्घकालीन रूपमा उपयोगी बनाउन प्रदेश सरकार, टीकापुर नगरपालिका, निजी क्षेत्र, खेलकुद विज्ञ र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन