भ्रष्टाचार

कैलालीमा काठ काण्डः वन कर्मचारी, व्यवसायी र सामुदायिक वनको मिलेमतोमाथि अनुसन्धान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, , ६ साउन । कैलालीमा करिब एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको काठ अवैध रूपमा लिलाम तथा बिक्री गर्न खोजिएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।

अख्तियारको टोलीले मंगलबार डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरमा छापा मारेर काठ लिलाम तथा बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको हो। उजुरीका आधारमा सुरु गरिएको अनुसन्धानमा उच्चस्तरीय राजनीतिक संरक्षण, वन कर्मचारी, केही काठ व्यवसायी र सामुदायिक वनबीचको मिलेमतोको आशंका गरिएको छ।

बिज्ञापन

प्रारम्भिक अनुसन्धानमा धनगढी र पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत झन्डै तीन लाख ४५ हजार क्युबिक फिट काठ अवैध रूपमा बिक्री गर्ने तयारी भएको देखिएको छ। उक्त काठको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ।

अनुसन्धानका क्रममा हरिया रुखलाई किरा लागेको देखाएर झुटो प्राविधिक सिफारिस तयार पारिएको, सीमित व्यवसायीलाई फाइदा पुग्ने गरी लिलाम प्रक्रिया अघि बढाइएको तथा सम्बन्धित उद्योगीहरूलाई जानकारी नदिएको आरोप छ।

यसअघि प्रदेशसभा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले स्थलगत अनुगमनपछि लिलाम प्रक्रिया रोक्न निर्देशन दिएको थियो। त्यसपछि अख्तियारले आवश्यक कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।