भ्रष्टाचार

जानकीका जनप्रतिनिधिले नियमविपरीत लिए भ्रमण भत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हवाई यात्रामा मात्रै १ लाख ५५ हजार रुपैयाँभन्दा बढी खर्च

लोक कल्याणकारी विज्ञापन

कैलालीको जानकी गाउँपालिकाका जनप्रतिनिधिले भ्रमण खर्च नियमावली, २०६४ को व्यवस्थाविपरीत भ्रमण भत्ता लिएको पाइएको छ। महालेखापरीक्षकको प्रतिवेदनले वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यले लिएको भ्रमण भत्ता तथा हवाई यातायातमा भएको खर्चमाथि प्रश्न उठाएको हो।

लोक कल्याणकारी विज्ञापन

प्रतिवेदनअनुसार वडा अध्यक्ष कमल महतो, इन्द्र चौधरी, खकेन्द्र भण्डारी, भीमबहादुर चौधरी, तीर्थराज उपाध्याय र सुरेश चौधरीले भ्रमण भत्ता लिएका छन्। त्यस्तै, कार्यपालिका सदस्य पार्वतीदेवी डंगौरा थारु र इन्द्रा सोप वि.क. तथा वडा सदस्य मोहनकुमार डंगौराले पनि भ्रमण भत्ता लिएको उल्लेख छ।

बिज्ञापन

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ ले वडा समितिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको छ। त्यस्तै, भ्रमण खर्च नियमावली, २०६४ को नियम ४ अनुसार सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी तथा कर्मचारीले सम्भव भएसम्म किफायती र कम खर्चिलो मार्ग वा यातायातको साधन प्रयोग गर्नुपर्ने व्यवस्था छ।

तर, गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो काम, कर्तव्य र अधिकारसँग स्पष्ट रूपमा सम्बन्धित नदेखिने संघीय मन्त्रालयमा योजना माग गर्न जाने तथा कार्यालयको विशेष कामका सिलसिलामा काठमाडौं गएको भन्दै हवाई भाडामा १ लाख ५५ हजार ४ सय रुपैयाँ खर्च लेखेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुँदाहुँदै हवाई यातायात प्रयोग गरी खर्च गरिएको भन्दै प्रतिवेदनले भ्रमण खर्चलाई किफायती र मितव्ययी बनाउनुपर्नेमा जोड दिएको छ।

सरकारी रकम खर्च गर्दा कानुनी व्यवस्था पालना गर्नुका साथै मितव्ययिता अपनाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा जनप्रतिनिधिको भ्रमण भत्ता र हवाई यात्रामा भएको खर्चमाथि महालेखापरीक्षकले प्रश्न उठाएपछि जानकी गाउँपालिकाको खर्च व्यवस्थापन र सार्वजनिक स्रोतको उपयोगबारे चासो बढेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन