जानकी गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत भट्ट जोशीद्वारा पदभार ग्रहण
लोक कल्याणकारी विज्ञापन

जानकी, २२ असोज । जानकी गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत ज्योत्स्ना भट्ट जोशीले बुधबार पदभार ग्रहण गरेकी छन्। गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी उनलाई स्वागतसमेत गरेको छ।
लोक कल्याणकारी विज्ञापन

पदभार ग्रहण गर्दै भट्ट जोशीले गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सेवाग्राहीलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनेतर्फ आफ्नो प्राथमिकता रहने बताइन्।
लोक कल्याणकारी विज्ञापन

स्वागत कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत भट्ट जोशीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

