कैलालीमा चंगाको धागोमा अल्झिएर साइबेरियन चराको मृत्यु
लोक कल्याणकारी विज्ञापन

सुखड, , ९ मंसिर । कैलालीको सुखडमा चंगाको धागोमा अल्झिएर साइबेरियाबाट जाडोयाम बिताउन नेपाल आएको एक ठूलो जलेवाको मृत्यु भएको छ । हजारौं किलोमिटर यात्रा गरेर अनुकूल मौसम र आहारको खोजीमा नेपाल आइपुगेको उक्त चरा चंगाको धागोमा अल्झिएपछि अब आफ्नो बासस्थान साइबेरिया फर्कन नपाउने भएको छ ।
लोक कल्याणकारी विज्ञापन

चंगा उडाउने क्रममा चुँडिएका वा प्रयोगपछि जथाभावी छाडिएका धागो चराचुरुंगीका लागि पासो बन्ने गरेका छन् । यस्ता धागोमा अल्झिएर हरेक वर्ष दर्जनौं चराचुरुंगी घाइते हुने र मर्ने गरेका छन् ।
मनोरञ्जनका लागि उडाइने चंगाको धागोले दुर्लभ तथा पाहुना चराको जीवनसमेत जोखिममा पार्ने भएकाले चंगा उडाउँदा सावधानी अपनाउन र प्रयोगविहीन धागो जथाभावी नछाड्न आवश्यक छ । चराचुरुंगीको संरक्षणमा सबैले ध्यान दिनुपर्ने देखिन्छ ।
लोक कल्याणकारी विज्ञापन
बिज्ञापन

