भ्रष्टाचार

खण्डहर भएको देउवा निवासमा टाँसियो जयवीरको नाममा पूर्जी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयबीरलाई वयानमा बोलाएको छ। 

आज एक सार्वजनिक सूचनामार्फत विभागले सम्पत्ति शुद्धीकरण कसुको असनुसन्धानका लागि केही कुरा बुझ्नुपर्ने भएकाले सात दिनभित्र कार्यालयमा आउन पूर्जी जारी गरेको हो। भदौको आन्दोलनमा खरानी भएको देउवा निवासमा पूर्जी टाँसिएको छ। 

बिज्ञापन

जेनजी आन्दोलन पश्चात देउवाको परिवार सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेको हो। केही दिनअघि मात्र देउवा दम्पत्तिले विभागलाई पत्र लेख्दै आफूहरु उपचारका शिलशिलामा विदेशमा रहेकाले साउन २६ गते नेपाल आउने जानकारी गराएका थिए। 

जयवीर पनि परिवारसँग विदेशमै रहेको बताइन्छ। परिवार शक्तिमा रहेका बेला जयबीरले आफ्नो व्यवसाय विस्तारका लागि शक्तिको दुरुपयोग गर्ने गरेको र रकम व्यवस्थापन गर्ने गरेको आरोप लाग्दै आएको छ। 

जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको भन्दै विभाग र अख्तियारमा समेत उजुरी परेको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।