भ्रष्टाचार

निजामती कर्मचारी अस्पतालमा २ करोड ९१ लाख रुपैयाँको औषधि हिनामिना, आठ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा भएको करिब २ करोड ९१ लाख रुपैयाँ बराबरको औषधि हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा कदम चालेको छ। अस्पतालको औषधि व्यवस्थापनमा चरम लापरबाही गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोपमा आयोगले फार्मेसीका चार युनिट इन्चार्जसहित आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अनुसन्धानबाट उनीहरूले औषधि आपूर्तिकर्तासँगको मिलेमतोमा नआएको औषधिको नक्कली बिल पास गराउने, म्याद गुज्रिएका औषधि व्यवस्थापन गर्न आलटाल गर्ने र कम्प्युटर प्रणालीमा गलत विवरण राखी राज्यको ढुकुटीमा नोक्सानी पुर्‍याएको तथ्य बाहिरिएको छ। महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको अनियमितता र अस्पतालको आन्तरिक समितिले गरेको छानबिनका आधारमा उनीहरूलाई बिगो, जरिवाना र कैद सजायको मागदाबी गरिएको छ। अस्पताल प्रशासनको फार्मेसी सेवा निर्देशिकालाई समेत बेवास्ता गर्दै गरिएको यो आर्थिक अनियमितताले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमाथिको विश्वासमा गम्भीर प्रश्न खडा गरेको छ। स्टोरमा म्याद नाघेका औषधि थन्क्याएर आपूर्तिकर्ताको धरौटी रकमसमेत फिर्ता गराउने कार्यमा संलग्न यी कर्मचारीहरूविरुद्धको मुद्दाले सार्वजनिक संस्थामा हुने भ्रष्टाचारप्रति अख्तियारको शून्य सहनशीलतालाई पुनः पुष्टि गरेको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।