मनोरञ्न

‘बासै छ बासै छ’ गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २२ कार्तिक । गायक दीपक धिताल र गायिका देवी घर्तीको स्वरमा रहेको नयाँ गीत ‘बासै छ बासै छ’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । गीतको छायांकन पूरा भएसँगै निर्माण टोलीले भिडियो चाँडै दर्शकमाझ ल्याउने तयारी गरेको जनाएको छ ।

गीतमा विष्णु भट्टको शब्द तथा लय रहेको छ । गीतको निर्देशन रमेश बिजुली बीसीले गरेका हुन् भने छायांकन प्रकाश बीसीले गरेका छन् । भिडियोमा नवराज रिमाल, आरती साह र गायक दीपक धितालले अभिनय गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

त्यस्तै, भिडियोमा निशा बोहराले मेकअपको जिम्मेवारी सम्हालेकी छन् भने व्यवस्थापन डेबिस एचडीले गरेका छन् । गीतको संगीत संयोजन दीपक संगम बीसीले गरेका हुन् । मधुमाला स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ पनि दीपक संगम बीसीले नै गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD

गीतको म्युजिक भिडियो निर्माणमा संलग्न सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीको मेहनत, साथ र सहयोगप्रति गायक दीपक धितालले धन्यवाद व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत छायांकन सम्पन्न भएको जानकारी दिँदै दर्शक तथा स्रोतामाझ भिडियो सार्वजनिक हुने दिनसम्म प्रतीक्षा गर्न आग्रह गरेका छन् ।

गीत तथा म्युजिक भिडियो गायक दीपक धितालको आधिकारिक युट्युब च्यानल Dipak Dhital मार्फत सार्वजनिक गरिने जनाइएको छ ।

गीतको भिडियो हेर्न तथा नयाँ सिर्जनाबारे जानकारी लिन Dipak Dhital को युट्युब च्यानल हेर्न सकिनेछ ।

बिज्ञापन