नेपालको मायाले भावुक बनिन् रुबि अलि, दुबई फर्किदा आँखाभरि आँसु

पोखरा, १६ साउन । करिब एक साताको नेपाल बसाइपछि चर्चित टिकटकर तथा अभिनेत्री रुबि अलि दुबई फर्किएकी छन्। नेपालमा रहँदा उनले विभिन्न कार्यक्रममा सहभागी हुँदै रमाइला क्षण बिताइन् भने नेपाली दर्शक तथा शुभचिन्तकबाट अपार माया, सम्मान र आत्मीयता प्राप्त गरिन्।
रुबि अलिलाई बिदाइ गर्न टिकटकर रुबिन खड्का स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बिदाइको अन्तिम क्षणमा रुबिनले रुबि अलिको घाँटीमा नेपालको राष्ट्रिय झण्डा ओढाइदिएपछि उनी निकै भावुक बनेकी थिइन्। उक्त दृश्यले विमानस्थलमा उपस्थित धेरै शुभचिन्तकलाई समेत भावुक बनाएको देखिन्थ्यो।

नेपालमा बिताएको अविस्मरणीय समय र यहाँका मानिसहरूले दिएको माया जीवनभर सम्झिरहने बताउँदै रुबि अलिले सबैप्रति हार्दिक आभार व्यक्त गरिन्। उनलाई बिदाइ गर्न पुगेका शुभचिन्तकहरूले पनि पुनः चाँडै नेपाल आउने अपेक्षासहित सफल र सुखद यात्राको शुभकामना दिएका थिए।
रुबि अलिको भावुक बिदाइको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियोमा धेरै प्रयोगकर्ताले नेपाल र नेपालीप्रति उनले देखाएको सम्मानको खुलेर प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.