देउडामार्फत रामारोशनको पर्यटन प्रवर्द्धन
लोक कल्याणकारी विज्ञापन

अछाम, २१ कात्तिक । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य अछामको रामारोशनमा स्थानीय महिलाहरू देउडा खेल्दै पर्यटन प्रवर्द्धनमा जुटेका छन् ।
रामारोशन क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले किनिमिनि मैदानमा स्थानीय महिलाहरूले देउडा खेलेका हुन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रामारोशनको प्रचारप्रसारसँगै सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले देउडा प्रस्तुत गरिएको हो ।
लोक कल्याणकारी विज्ञापन

रामारोशनका ताल, हरियाली मैदान र प्राकृतिक दृश्यसँगै स्थानीय महिलाहरूको देउडा प्रस्तुतिले क्षेत्रको सांस्कृतिक र पर्यटकीय आकर्षण थप बढाएको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन

